CONGRATULATONS TO Mr. Arjun KC, Founder of TAXIMANDU for STARTUP WORLD CUP NEPAL CHAMPION Hat. We Wish further Successfully winning WORLD CUP WINNER Hat.
जेठ ५, काठमाडौं । स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको बुधबार आज भएको फाइनलमा ट्याक्सीमाण्डु सर्भिस प्रा.लिका अर्जुन केसी बिजयी भएका छन् । यो प्रतिश्पर्धाको फाइनलमा पुगेका बिभिन्न कम्पनीका १० उत्कृष्ट स्टार्टअपहरुले भाग लिएका थिए । विश्वभरका ६० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिश्पर्धा नेपालमा स्टार्टअपहब नेपालले आयोजना गरेको हो ।
अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअपहब नेपालमार्फत वर्ल्डकप नेपाल भित्र्याएको हो ।
स्टार्टअप वल्र्डकपको नेपाल एडिसनमा उत्कृष्ट १० स्टार्टअपहरु छनौट भएका थिए । बिजयी ट्याक्सीमाण्डुका अर्जुन केसीले आयोजककै खर्चमा अमेरिकाको सान–फ्रान्सिस्कोमा विश्वब्यापी प्रतिश्पर्धामा सहभागी हुने अबसर प्राप्त गरेका छन् ।
स्टार्टअप वर्ल्ड कपको कोअर्डिनेटिङ पार्टनरको रुपमा राष्ट्रिय युबा परिषद रहेको छ । अन्य सह–आयोजकहरुमा क्यान फेडेरेशन नेपाल, आइसिटी एशोसियसन नेपाल, सिएसआईटी एशोसियसन नेपाल र रोबोटिक एशोसियसन नेपाल रहेका छन् ।
नेपालका उत्कृष्ट १० स्टार्टअपहरुमा कुल थर्मल ईनजी, स्याटेलाईट स्टार्टअप, ईन्नेभेटिभ अटोमोबाईल लगायत रहेका थिए । स्टार्टअप विश्व बिजेता बन्न सकेमा एक मिलियन डलर (१२ करोड नेपाली रुपँया बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएका छन् ।
Add Your Comment